राष्ट्रिय लज्जा : चीनले अनुदान दिएको अक्सिजन सिलिन्डर वन मन्त्रीको तस्विर टाँसेर वितरण !

वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद समेत हुन् । केन्द्रीय सरकारका मन्त्री रहेका आलेले आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएका छन् ।
उनले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत छन् ।
केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो लगानीमा किनेर दिएको उनका सचिवालयका कर्मचारीको दाबी छ ।
उनले डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन् । ती मध्ये केही हरिया अक्सिजनका सिलिन्डरमा समेत उनै आलेको तस्विर छ । तर, उक्त सिलिन्डर केहीदिन अघि चिनिया सरकारले नेपाललाई अनुदानमा दिएको खुलासा भएको छ
गत वैशाखमा चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर अक्सिजन दिने घोषणा गरेकोथियो । घोषणा अनुसार वैशाख २१ मा २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो ।