पाकिस्तानले ब्यान गर्‍यो मिया खलिफाको टिकटक अकाउन्ट

पाकिस्तान सरकारले मिया खलिफाको ‘टिकटक’ अकाउन्ट ब्यान गरेको छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्टलाई सेन्सर गर्ने नयाँ तरिका निकाल्दै मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गरेको हो ।

पीटीएले पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गर्नुको कारण भने आधिकारिक रुपमा बताएको छैन । पाकिस्तानमा मिया खलिफाको कन्टेन्ट ब्यान भएपछि ट्वीटरमार्फत् पाकिस्तानी फ्यानहरुले पीटीएको चर्को आलोचना गरिरहेका छन् ।

लेबनान मुलकी मिया खलिफाले पाकिस्तानी फ्यानहरुका लागि आफ्नो सम्पूर्ण कन्टेन्ट ट्वीटरमा पोष्ट गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘मेरो पाकिस्तानी फ्यानहरुको लागि मैले अहिल्यैदेखि सम्पूर्ण टिकटकहरु ट्वीटरमा रि–पोष्ट गर्नेछु ।’

पाकिस्तानमा लाखौं सोसल मिडिया युजर्सले मिया खलिफाको समर्थन गर्दै पीटीएको यस कदमको चर्को आलोचना गरिरहेका छन् । उनीहरुले मिया खलिफालाई नै मुख्य फोकस किन गरेको भन्दै प्रश्न गरिरहेका छन् ।

सोसल मिडियामा मिया खलिफाको करोडौं फ्यान फलोइङ रहेका छन् । २१ वर्षको उमेरमा नै मिया खलिफाले पोर्न इन्डष्ट्रीमा आफ्नो छ्ट्टै पहिचान बनाएकी थिइन् । तर, पछिल्लो समय उनले पोर्न इन्डष्ट्री छोडिसकेकी छन् ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button