मार्सी वाला , दुर्गा प्रसाईको छाडा गाली ।

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई दुर्गा प्रसाईंले टेलिफोनमा धम्की दिएका छन्।

झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले सुवेदीलाई अपशब्द प्रयोग गर्दै भौतिक आक्रमण गर्ने धम्की दिएका हुन्।

सुवेदीले एउटा विश्व विद्यालयले पाँच मेडिकल कलेजभन्दा बढीलाई सम्बन्ध दिने व्यवस्था कानुनविपरीत भएको र काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट बी एण्ड सीलाई सम्बन्धन दिएको बताएका थिए।

तर, प्रसाईंले त्यसप्रति कडा आपत्ति जनाउँदै फोनमा भनेका छन्, ‘तँ ऐन बनाउने को होस्? नेपालको ऐन संविधान होस् ? तँ अरूलाई हेपे जस्तो घुमाउन नखोज।’

उनले आजको आवश्यकता के हो? मानिस कति मरिसके भन्दै सुवेदीतिर प्रश्न तेर्स्याएका छन्। उनले मेडिकल कलेज चाहिन्छ कि चाहिँदैन भन्दै प्रश्न गर्दा सुवेदीले सुरुमा अस्पताल आवश्यक रहेको र त्यसपछि मात्रै मेडिकल कलेज चाहिने बताएको अडियोमा सुन्न सकिन्छ। सुवेदीले बी एण्ड सीमा दुई लाख जम्मा नगरी मानिसको उपचार नहुने भन्दै आक्रोश पोखेका छन्।

त्यसको उत्तरमा आक्रोशित हुँदै प्रसाईंले भनेका छन्, ‘तेरो बाउले दिन्छ बैंकको ब्याज। तेरो आमाले  तिर्छ। तेरो बहिनीले तिरिदिन्छ।’

सुवेदीले शीष्ट हुँदै यस्तो अपशब्द बोल्ने भए फोन राख्नुस् भन्दा उल्टै प्रसाईंले मैले धेरै खपे भन्दै धम्की दिएका छन्। ‘तँ इन्जिनियर। तँसँग डबली खोल्ने पैसा कहाँबाट आयो? तँ आफ्नो ठाउँमा बस्। नहाँस्,’ प्रसाईंले भने।

उनले मापदण्डको कुरा उठाउँदा सुवेदीले तपाईंले मापदण्ड पूरा गरेको के आधार छ भनेर प्रश्न गरेका छन्। फेरि आक्रोशित हुँदै प्रसाईं भन्छन्, ‘तँ को होस् मापदण्ड भन्नलाई। त कानुन, राज्य होस् कि? मैले संविधानमा रहेर देशमा उद्योग धन्दा खोल्न पाउँछु। तँ मलाई चोरबाटो भन्ने। मेरो अगाडि परिस् भने म तलाई चोरबाटो देखाइदिन्छु। तेरो बाउआमा राखेर तँसँग कुरा गर्छु। तेरो बाउआमा काँ छन्? त धेरै नबोल भाइ। भेटे भने तेरो तीन इन्च छाला सर्ने गरी हानिदिन्छु। साला डाँका।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button