पत्रकार महासंघको अध्यक्ष दाङमा दुर्घटना।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल सवार गाडी दुर्घटना भएको छ । बुधबार दिउँसो अध्यक्ष पोखरेल सवार गाडी दाङको तुलसीपुरमा दुर्घटना भएको हो ।
महासंघका महासचिव रोशन पुरीका अनुसार अध्यक्ष पोखरेलसँगै महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी दुर्घटना भएको हो ।
महासचिव पुरीका अनुसार दुर्घटनामा परेका अध्यक्षसहित सबैजना सकुशल छन् । दुर्घटनामा सामान्य घाइते भएका दाङ शाखाका पूर्वअध्यक्ष गौतम प्राथमिक उपचारपछि घर फर्किएका छन् ।
अर्को गाडीले ठक्कर दिँदा अध्यक्ष सवार गाडीमा भने क्षति पुगेको छ ।