आज किन यो देशमा जन्मिऐं होला जस्तो लाग्छ!! नायिका निता ढुंगाना।

नायिका ननीता ढुंगानाले आफुलाई नेपालमा जन्मिएर पछुँतो लागेको बताएकी छिन् । खासगरी कोरोना ब्यबस्थापनमा सरकारी लापरबाहीको कारण नीताले भावुक सन्देश लेखेकी हुन्।
जोतिष तथा कलाकार हरिहर अधिकारीसँग प्रेममा रहेकी नीताले हरिहरको पिताको अक्सिजन र अस्पताल नपाएर निधन भएपछी नेपालमा जन्मिएर पश्चाताप भएको लेखेकी हुन्।
उनले समाजिक सञ्जालमा लेखेकी छिन् :- “मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।
सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस्, आइ मिस यू बुबा !”