यस्ता लक्षण देखिना साथ को- रोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह, नत्र पछुताउनु पर्ला !

यस्ता सामान्य लक्षण देखिना साथ को- रोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह, नत्र पछुताउनु पर्नसक्छ ! रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

रुघा र ज्वरो मात्रै भएकालाई पनि को-रोना सङ्क्रमण पुष्टि भएको भन्दै उनीहरुले यस्ता समस्या देखिएमा को-रोना परीक्षण गर्न स्वास्थ्यकर्मीको अनुरोध छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ संस्थाले गरेको भर्चुअल छलफलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तकुमार दासले नयाँ भेरियन्टको को-रोना भाइरस जोखिमपूर्ण भएकाले समयमै जाँच र उपचार गर्न आग्रह गर्नुभयो ।

सामान्य लक्षण हुँदै उपचार गराएमा निको हुने तर समस्या बढेपछि बचा-उननै गाह्रो पर्ने भएकाले रुघाखोकी वा ज्वरो त हो भनेर नबस्न उहाँको सुझाव छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने डाक्टरको अनुभव छ । पहिलो चरणमा को-रोनाले युवालाई कम प्रभाव पारेकोमा दोस्रो चरणमा धेरै युवालाई समस्यामा पारेको छ ।

अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरि चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिनुभएको छ । प्रशस्त मात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उहाँले सल्लाह दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button