बाबुले घाँटीमा खुर्पा प्रहार गरेर छाेराकाे हत्या

बाँकेकाे कोहलपुरमा बाबुले छाेराकाे हत्या गरेका छन् । काेहलपुर १२ चप्परगाैडिका ठाकुर प्रसाद अाेलिले अाफ्नै अन्दाजी १८ बर्षका छाेरा पाेषणकाे बुधबार राति हत्या गरेकाे काेहलपुरका प्रहरी प्रमुख प्रहरि नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
घरेलु हतियारले नुहाउने बेला बुबाले पछाडिबाट हानेर छाेराकाे हत्या गरेकाे बताईएकाे छ ।
काेहलपुर प्रहरीका अनुसार ठाकुरले नुहाउदै गरेकाे अवस्थामा छाेरालाई बुबाले पछाडिबाट घाँटीमा खुर्पा प्रहार गरेका थिए ।
गम्भीर घाइते अवस्थामा उपचारकाे लागि भेरि अस्पताल नेपालगन्ज पुर्याईए पनि चिकित्सकले पाेषणलाई मृत घाेषणा गरेका थिए ।
बाबू ठाकुरलाई काेहलपुर प्रहरीले घरबाटै नै नियन्त्रणमा लिईसकेकाे छ । घटनाबारे थप जानकारी अाउन बाकि रहेकाे छ ।