भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स-प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ। श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ।