अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण सफल

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय उत्पादन सामग्री प्रयोग गरी तयार पारेको अक्सिजन ग्यास सिलिन्डरको दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड अपनाएर तयार पारिएको अक्सिजन सिलिन्डर नेपाली वैज्ञानिकले तयार पारेका हुन्।

सिलिन्डर तयार पार्ने काममा संग्लन रहेका नाष्टका वैज्ञानिक डा। शंकर ढकालले आइतबार सिलिन्डरको स्वीच अन गरेर दोस्रो चरणको परीक्षण सम्पन्न गरेको नाष्टका प्राविधिक संकाय प्रमुख डा।रवीन्द्रप्रसाद ढकालले बताए।

हाल तयार पारिएको सिलिन्डर निकै सुरक्षित रहेको उनले जनाए। उनले आइतबार परीक्षण गरिएको सिलिन्डरमा ५ सय १५ किलो वर्ग सेन्टिमिटर चाप थेग्न सक्ने ९५१५ बार ० क्षमता रहेको बताए। यो भनेको नेपालले तयार पारेको अक्सिजन सिलिन्डरले आवश्यक पर्नेभन्दा तीन गुणा बढी चाप थेग्ने क्षमताको रहेको छ।

कोरोना महामारीको दोस्रो संक्रमणको जोखिम उच्च रूपमा बढ्दै गएपछि नेपालमा अक्सिजन ग्यास सिलिन्डरको अभाव हुँदै गएको छ। परनिर्भरता भएकै कारण नेपालमा अक्सिजन सिलिन्डरको हाहाकार बढ्दै गएपछि नेपाली इन्जिनियर वैज्ञानिकहरूले सिलिन्डर बनाउन सक्ने प्रविधिको निर्माण गरी आइतबार सफल परीक्षण गरेको नाष्टले जनाएको छ।

‘बजारमा पाइने अक्सिजन सिलिन्डरको चाप क्षमता १५० किलोप्रति स्क्वायर सेन्टिमिटर हुन्छ। यसको सुरक्षा चाप क्षमता बढीमा साढे दुई गुणा मात्र हुन्छ,’ डा। रवीन्द्र ढकालले नागरिकसँग भने, ‘नाष्टका वैज्ञानिकले तयार पारेको सिलिन्डरको सुरक्षा चाप क्षमता तीन गुणा बढी छ।’ उनले थपे, ‘हामीले स्वदेशी स्टिलका डन्डी प्रयोग गरी विश्वस्तरीय सिलिन्डर तयार पारेका हौं। सफलता पाएकोमा गर्व महसुस भएको छ।’

उनले अब नाष्टले तयार पारेको प्रविधि व्यावासायिक रूपमा निजी कम्पनीलाई उपलब्ध गराउने सरकारसँग अनुमतिको पहलको प्रक्रिया समेत सुरु गरिसकेको बताए। ‘हामीसँग नेपालका तीन ठूला कम्पनीको आवेदन आएको छ,’ उनले भने, ‘स्वास्थ्य अनुसन्धान परिषद्, गुणस्तर तथा नापतौल विभाग र नेपाल सरकारसँग सरकारी अनुमति प्राप्त हुनसाथ नाष्टले व्यावसायिक काम सुरु गर्छ। नागरिक दैनिकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button