राष्ट्रपति विध्यादेवि भण्डारी र सी जिनपिङ बीच गोप्य टेलिफोन वार्ता, के-के भयो त कुराकानी?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबिच आज टेलिफनवार्ता भएको छ ।

चिनियाँ राष्ट्रपतिसँग भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कोरोना भाइरस बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।

चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएको जनाएको छ । ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button