धरानको प्रहरी चाैकीमा हतियारधारी द्रारा आक्रमण ५ प्रहरी घाइते ।

१३ जेष्ठ २०७८,
सुनसरी — जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् ।
अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा त्यहाँ ड्युटीमा रहेका पाँचजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी गएका थिए । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो । लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए । आक्रमणबाट चौकी इन्चार्ज असई सुमन दाहालसहित अन्य प्रहरी पनि घाइते भएको प्रहरी निरीक्षक ओलीले बताए ।