भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण निन्दनिय: गगन थापा

 

कठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा सांसद गगन कुमार थापाले भेरी अस्पतालको कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नु निन्दनिय भएको टिप्पणी गरेका छन् ।

थापाले कठिन समयमा भोक प्यास नभनी उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण, दुव्र्यवहार गर्नु निन्दनिय र अकल्पनीय भएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेरी अस्पताल घटनामा संम्लग्न दोषीलाई उन्मुक्ति नदिन पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विटमा थापाले लेखेका छन्, ‘कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार!यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button