स्वास्थ्यकर्मी माथि कुटपिट गर्नेलाई कारबाहीको माग: शेर बहादुर देउवा

‘भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो, यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन्,देउवाले लेखेका छन्,’ स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु।’
बिहीबार बेलुकी ८ बजेतिर कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।