झ्यारी गाउँको २ जनामा कोरोना पोजेटिभ, संक्रमितले सिटामोल पनि पाएनन्(भिडियो सहित)।

कर्णाली 24, मुगु , जेठ १५ गते,

मुगु जिल्लाको छायानाथ नगरपालिका वडा नं ८ मा करिब १३ सय जनसंख्या तथा २सय ४० घरधुरी रहेका छन्।

वडा नम्बर ८ को ढंण र चाखा गाउँको दुई जनामा कोरोना पोजिटिभ देखियो।

कोरोना पोजिटिभ देखिसकेपछि गोठमा छुट्टै राखेका छन्। तर औषधि भने केही पनि खान पाएको छैन। गाउँको स्वास्थ्य केन्द्रमा औषधि अभावको कारण यी संक्रमितहरूले सिटामोल पनि पाउन सकेको छैन।

“वडामा सिटामोल पनि नभएको” बताउँछन् वडा अध्यक्ष कर्ण बहादुर रावल।

यसैगरी गाउँकै आधारभूत स्वास्थ्य केन्द्रको ईन्चार्ज रेखा रोकाया भन्छन् “बाह्य जिल्लाहरुमा कोरोनाको भयावह का कारण औषधि अभाव छन् त्यो कारण हामीसँग यहाँ औषधीको नाममा सिटामोल पनि उपलब्ध छैन।

गाउँकै जीम्मेवार निकायहरु बाट यस्तो सुनिसकेपछि स्थानीयहरु यसो भन्छन्। बाँकी यो लिङ्कको भिडियोमा हेर्नुहोस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button