पशुपतिनाथ र राम मन्दिरका लागि बजेट

सरकारले पशुपतिनाथ र राम मन्दिरका लागि बजेट विनियोजन गरेको छ । यसअघि पनि दुवै धार्मिक क्षेत्रका लागि बजेट विनियोजन गरेकोमा यसपटक पनि बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आजको बजेट भाषणमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख गरे । अयोध्यापुरीमा राम मन्दिरका लागि बजेट विनियोजन गरेपनि कति विनियोजन गरिएको हो स्पष्ट पारेनन् ।

पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि भने ३५ करोड बजेट विनियोजन गरेको उल्लेख गरे । यसअघि पशुपतिनाथको जलहरीका लागि सरकारले करोडौं रुपैयाँ निकासा गरेको थियो ।

अयोध्यापुरीमा राम मन्दिरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निकै चासो दिएका छन् । उनले यसलाई प्रतिष्ठाको विषय समेत बनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button