भारतीय प्रधानमन्त्री मोदीका लागि २०० अर्बको बिशेष घर बनाइँदै

भारतीय प्रधानमन्त्री मोदीका लागि २०० अर्बको विशेष घर बनाईदै छ । भारतको राजधानी दिल्लीको केन्द्रमा पर्ने राजपथस्थित खुला सार्वजानिक क्षेत्र वर्षौँदेखि हजारौँ मानिसहरुका लागि भेला हुने, घाम ताप्ने, आइसक्रिम खाने ठाउँका रुपमा रहँदै आएको छ । तर राष्ट्रपति भवनबाट इन्डिया गेटसम्म फैलिएको यो तीन किलोमिटरको सडक क्षेत्र यतिबेला भने धुलाम्मे अवस्थामा छ । अहिले त्यहाँ मानिसहरुलाई प्रवेश गर्नबाट रोक्न लगाएको छ भने कामदारहरुले पाइप र टायलहरु मिलाइरहेको देख्न सकिन्छ ।
यो घर वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्रीका लागि र नयाँ संसद् निर्माण गर्ने परियोजना अन्तर्गतको काम हो । यो घर बन्नको लागि झन्डै दुई खर्ब भारतीय रुपैँया खर्च लाग्ने अनुमान रहेको छ ।
देश कोभिडको दोस्रो लहरले भयावह स्थितिसँग लडिरहँदा प्रधानमन्त्री को लागि भने 200 अर्ब को नयाँ घर निर्माणको कामहरु चलिरहेको छ । यस कारण पनि यो परियोजनाबारे जनधारणा झन निराशाजनक बनेको छ । आलोचकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको प्राथमिकताबारे प्रश्न उठाइरहेका छन् ।
विपक्षी नेता राहुल गान्धीले त यसलाई अपराधिक क्षतिको नाम समेत दिएका हुन् र मोदीलाई अहिले महामारी व्यवस्थापनमा केन्द्रित रहन सुझाव दिएका छन् । विज्ञहरुले यसैको विरोधमा मोदीलाई खुला पत्र पनि लेखेका छन् र ठूलो स्तरमा यसरी श्रोतसाधनहरु नोक्सान गर्नुको सट्टा मान्छेको ज्यान बचाउन सकिने बताएका हुन् । इतिहासविद् नारायनी गुप्ताले बीबीसीसँग बताइन्, “यो पूर्ण रुपमा अनुचित हो । महामारीले हजारौँको ज्यान लिइरहँदा, चिहानघर भरिएर ठाउँ नभएको अवस्थामा सरकारले कसरी हावामा महल ठड्याउन सक्छ ?”
यस परियोजनाबारे सरकारप्रति आइरहेका सबै आलोचना अस्वीकार गर्दै सहरी मन्त्री हरिदिपले यसका लागि केबल २०० अर्ब रुपैँया छुट्याइएको जनाएका हुन् जबकी सरकारले महामारीमा खोपका लागि मात्र त्यो भन्दा दोब्बर रकम निर्धारण गरिसकेको उनले जोड दिए । उनले भनेका हुन्, “परिवर्तिन सेन्ट्रल भिस्ता विश्वस्तरीय सार्वजनिक स्थल हुनेछ जसप्रति प्रत्येक भारतीय नागरिकहरुले गर्व गर्नेछन् ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button