सगरमाथामा पहिलो मानव पाइला टेकेको ६८ वर्ष

आजकै दिन अर्थात मे २९, १९५३ त्यो दिन, मध्यान्न ११ बजेर ३० मिनेट पुग्दा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे सेर्पा सगरमाथाको चुचुरोमा पुगेका थिए । यो नै पहिलो पटक थियो, पृथ्वीको सबैभन्दा अग्लो स्थानमा पाइला टेकेको । यस सफलता पछि सामान्य मौरीपालक एडमन्ड हिलारी र विकट ग्रामीण गाउँमा बस्ने तेन्जिङ नोर्गेको चर्चा परिचर्चा विश्वभर चुलियो । आज ठ्याक्कै सगरमाथामा पहिलो मानव पाइला टेकेको ६८ वर्ष पुगेको छ । हिलारी आफ्नो साथी जर्ज लोइसँग चुचुरोमा पुग्न चाहन्थे तर नाइके जोन हन्टले भने हिलारी र तेन्जिङको जोडी बनाइदिए । पहिलो चरणमा टम बर्डिलोन र चाल्र्स इमानको प्रयास सफल भएन । उनीहरु चुचुरो भन्दा ३ सय फुट तलमात्र थिए । तर चुचुरोमा नपुगी फर्किए । त्यसपछि पालो आयो, हिलारी र तेन्जिङको ।

उनीहरु मे २९, १९५३ मा मध्यान्नको एघार बजेर तीस मिनेटमा चुचुरोमा पुगेका थिए । उनीहरुले केवल पन्ध्र मिनेट चुचुरोमा बिताएका थिए । चुचुरोमा उभिएर हिलारीले तेन्जिङको फोटो खिचिदिएका थिए, जुन विश्वभर प्रसिद्ध भयो । तेन्जिङले क्यामरा चलाउन नजानेकाले हिलारीको भने कुनै फोटो कैद गरिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button