कुटपिट गरी हत्या गर्ने ४ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल नाम, थर वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना धनगढी उपमहानगरपालिका वसपार्क वडा एरियाबाट शुक्रबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका–३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका घर भएका १९ वर्षीय प्रबीण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका(४ बस्ने २० वर्षीय अनिल कुवँर, कैलाली धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोक बस्ने १८ वर्षीय किशोर र कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

  • धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित प्रतिक्षालयमा अपरिचित पुरुष मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनको कुटपिट गरी हत्या गरेको खुल्न आएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरु माथि कर्तव्य ज्यान शीर्षकमा मुद्दामा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button