जेठ २० गते वाट निषेधाज्ञा खोल्ने।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ ।निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो । एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ ।
नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको पराजुली बताउँछन् । तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअ पराजुली सहमत छन् । तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उनी बताउँछन् ।जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज नाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् ।
उनले भने, “संक्रमणको दर घट्दै गए केही सहज पक्कै हुन्छ । तर, के–के हुन्छ, अहिले भन्न सकिँदैन ।”निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुली बताउँछन् ।