भत्ताको लागि उमेर बढाएर दोहोरो नागरिकता लिदै।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उमेर बढाएर दोहोरो नागरिकता लिने बढी देखिएका छन् । नागरिकतासम्बन्धी परेको उजुरीको आधारमा वृद्धभत्ताकै लागि स्थानीयले उमेर बढाएर दोहोरो नागरिकता लिएको संख्या बढी देखिएको हो । सरकारले सामाजिक सुरक्षा भत्ता रकम बढाएसँगै उमेर बढाएर दोहोरो नागरिकता लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तत्कालीन माओवादी द्वन्द्वकालमा कार्यालयका मिसिलहरू जलेका कारण प्रशासनसँग कुनै तथ्यांक छैन ।

जसको फाइदा उठाई स्थानीयले सहजै उमेर बढाएर अर्को नागरिकता लिने गरेको प्रशासनको मुद्दा शाखाले जनाएको छ । मुद्दा शाखा प्रमुख विश्वनाथ अधिकारीले भारतबाट आएर नेपाली नागरिकता लिएको उजुरी निकै थोरै रहेको बताए । सबैभन्दा बढी उमेर बढाएर दोहोरो नागरिकता लिएका उजुरी छन् । यस्तामाथि छानबिन गर्दै नागरिकता रद्द गर्ने काम भइरहेको उनले जनाए । भारतीय नागरिकले नक्कली बुबाआमा खडा गरेर नागरिकता लिएको मुद्दा एक/दुई वटा मात्र हुन सक्ने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button