संक्रमितलाई नक्कली औषधि बेच्ने ३५० जना पक्राऊ।

एजेन्सी । भारतमा कोरोना संक्रमितहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् ।
भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती व्यक्तिहरुले सामाजिक सन्जाल प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको प्रहरीका एक जना वरिष्ठ अधिकारी प्रेम नाथले बताएका छन् ।
उनले यस्तो ठगीलाई तल्लो स्तरको मानवता विरोधी अपराध भनेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो ।
भारतमा पछिल्लो चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ ।