एकै परिवारका दाजु-भाइको खाल्डोमा जमेको पानीमा डु’बेर गयो

महोत्तरीमा पानी जमेको खाल्डोमा डु’बेर एकै परिवारका दाजु-भाइको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् ।

घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डु’बेर दाजु-भाइको मृ’त्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु-भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै मृ’त्यु भएको विष्टले बताए।

दुबै दाजु-भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डु’बेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button