बाबुरामको टिप्पणी : सरकार खुराफातमा मस्त हुने, सेरेमोनियल राष्ट्रपतिलाई चाहीँ भीख माग्न लगाउने ?

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराउनुपर्ने बताएका छन् । खोप उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएको पनि उनको भनाई छ ।

उनले नेपालजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई खोप पुर्याईसक्दा नेपाल सरकार भने कुहिराको कागजस्तो भएको पनि टिप्पणी गरेका छन्उनले सरकार खुराफातमा मस्त भएको तर सेरेमोनियल राष्टपतिलाई चाहीँ भीख माग्न लगाएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-“कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो?सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने?खै लाजशरम? “

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button