काठमाडौंमा लकडाउन खुकुलो हुने।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे तयारी भइरहेको छ। यसका लागि उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुबीच मंगलबार दिउँसो छलफल हुने भएको छ। सीडीओहरुले बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी आएपछि जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुन लागेको हो। यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिदैछ।

उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो।  केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ। विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।

हाल संक्रमित हुने भन्दा निको हुनेको दर बढेको छ। सोमबार मुलुकभर ६ हजार ४९१ जना निको हुँदा ४ हजार १७८ जना संक्रमित थपिएका थिए भने ११४ जनाको मृत्यु भएको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button