चीनले याे पटक नेपालीलाई कस्तो खाेपदियाे।

यस पटक पनि चीनले पहिला दिएकै जस्तो भेरो सेल खोप नेपाललाई दिन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएको कुरा बीबीसी नेपालीमा उल्लेख छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिडविरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।

डब्ल्यूएचओले स्वीकृति दिएको युरोपबाहिर बनेको पहिलो कोभिड खोप त्यसअघि नै नेपालमा प्रयोगमा ल्याइसकिएको छ। नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ। सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। गौतमका अनुसार मङ्गलबार आइपुग्ने नौ लाख मात्रा खोप कसलाई दिने भन्ने विषयमा ठोस निर्णय भइसकेको सकेको छैन।

कोभिड-१९ विरुद्ध खोपको राष्ट्रिय योजनाअनुसार प्राथमिकता तोकिने र त्यसै अनुसार यो खोप दिने निर्णय गरिने उनले जानकारी दिए। ‘अहिले अग्रपङ्क्तिका सेवा प्रदायकपछि उमेर समूहमा हामी गएका छौँ र हामी मूलतः उमेर समूहमै केन्द्रित हुनुपर्ने म देख्छु। तर निर्णय नभइसकेको हुँदा जोखिमको स्तर हेरेर पनि हामीले खोप कहाँ दिने निर्णय गर्नुपर्ने हुनसक्छ। अर्को कुरा हामी केही क्षेत्र विशेषमा पनि जान सक्छौँ,’ उनले भने।

यसअघि चीनबाट ल्याइएको खोप सरकारले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मात्रै केन्द्रित गरेको भन्दै आलोचना भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button