सीमित खाेपकाे कारण याे उमेर समुहले मात्रै पाउने सम्भावना ।

सरकारले खास गरी ६० वर्ष देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप दिन नसकेको भनेर आलोचना खेपिरहेको अवस्थामा यसपाली पनि उनीहरूले खोप प्राप्त गर्ने नगर्ने विषय सुनिश्चित हुन सकेको देखिँदैन।
यसअघि १८ देखि ५९ वर्षसम्मका सर्वसाधारणहरूलाई भेरो सेल खोप दिइएको थियो। त्यस्तै ६५ वर्षमाथिका केही नागरिकहरूले कोभिशील्ड खोपको एक मात्रा भए पनि प्राप्त गरेका छन्।
सरकारी प्राथमिकतामा नपर्दा ६० देखि ६४ वर्षसम्मका नागरिकले खोप प्राप्त गर्न नसकेको देखिन्छ। डब्ल्यूएचओले पछिल्लो समय १८ वर्ष माथिका कसैलाई पनि ‘नलगाउन नभनेसँगै’ भेरो सेल ६० देखि ६४ वर्षसम्मका मानिसहरूलाई दिन मिल्ने भए पनि खोपको सीमित मात्राका कारण यस विषयमा निर्णय भइनसकेको अधिकारीहरू बताउँछन्।