महन्त ठाकुरले जसपाबाट उपेन्द्र यादवलाई निस्कासन।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आफूलाई कारबाही गर्ने अध्यक्ष उपेन्द्र यादव पक्षलाई पनि पार्टीबाट निष्कासन गरेको छ ।

यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।
यादवलाई कारबाही गरिएको उक्त पत्र निर्वाचन आयोगलाई पठाइएको छ । आयोगलाई पठाइएको पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध समेत गरिएको छ ।
मंगलबार यादव पक्षले ठाकुर पक्षलाई जसपाबाट निकालेपछि ठाकुर पक्षले त्यसको काउन्टर गर्दै यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।मंगलबार यादव पक्षले अध्यक्ष ठाकुरसहिच चार जनालाई पार्टीबाटनिष्कासित गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button