‘छाती बचाउनु नै बाँच्नु हो’ लक्षण र बच्ने उपायहरु- एक पटक पढ्नैपर्ने कुरा

कोरोनाले देश नै आक्रान्त बनिरहेका बेला यसका लक्षण र यसबाट बच्ने उपायहरुबारे डाक्टरहरुले विभिन्न माध्यमबाट जानकारी दिने गरेका त छन् नै त्यसका अलावा कोरोना पीडित बिरामीले नै अझ यसबारे लेखे भने सम्भवतः नागरिकले त्यसलाई नै अझ बढी पछ्याउने पाइएको छ।
यसै क्रममा एक जना कोरोनाका बिरामीले आफुमा देखा परेका लक्षण र त्यसबाट बच्ने उपायहरुबारे आलो स्तटास् लेखेका छन् । उनले भनेका छन्- “छाती बचाउनु नै बाँच्नु हो” म विगत १७ दिनदेखि कोरोनाको बिरामी थिए भने आजबाट पूर्ण रुपमा निको भएको छु । मेरो जीवनमा घटेको अहिलेसम्मको ठुलो पिडादायक घटना हो ।
जसलाई आत्मबल र सहनसिलाताले जित्न सफल भए । हुन त मानिसपिच्छे फरक-फरक लक्षणहरु देखिन्छन रे तर मलाई देखिएका लक्षणहरु निम्न छन:-
सुरुको तीन दिनसम्म हल्का-हल्का ज्वरो आउने, आँखाको माथिलो ढकनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने, तेश्रो दिनदेखि छैठौं दिनसम्म ९९ देखि १०३ डिग्री ज्वरो आउने, नाक बन्ध हुने, लगातार खोकी लाग्ने, जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने, हल्का हल्का जिउ दुख्ने हुन्छ ।
छैठौं तीनदेखि दशौं दिनसम्म हल्का मात्र ज्वरो आउनु, जिउ दुखेर कोल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि ट्वाइलेट गएर दिशा गर्न नसक्नु, रात र दिन के हो भेउ नपाउनु, खाना देख्दा मन खिन्न हुनु ।
एघारौंदेखि तेह्रौं दिनसम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, निद्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु । तेह्रौंदेखि सत्रौ दिनमा शरीर कमजोर भएको अनुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि कोरोना नेगेटिभ आउनु ।
सैद्धान्तिक तथा बैज्ञानिक रुपमा के भन्छन त्यो त गौण कुरा हो तर व्यवहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधिहरु निम्न छन:-(क) बन्ध भएको नाक खोल्ने बिधि: एउटा पाकेर पहेलो भएको कागती लिएर काट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास हेर्न सजिलो हुन्छ । जति बेला बन्ध हुन्छ, त्यतिबेला रस हाली हाल्ने, २/३ दिन हाल्दा पूर्ण रुपले नाक खुल्ने छ ।
(ख) खोकी कम गर्ने विधि: एउटा गिलासमा दुईतिहाइ जति चामल लिने अनि मकै भुटे जसरि हल्का रातो हुने गरि भुट्ने, त्यसलाई चिसो पानीमा हाल्ने अनि बाफ बाहिर जान नदिइ ढकनले २ मिनेट छोप्ने, त्यसपछि तातातै त्यो पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खुराक खाएपछि खोकीको असर कम हुदै जान्छ । ‘छाती बचाउनु नै बाँच्नु हो’, खोकीको असरले छाती दुख्न थाल्छ ।
(ग) निदाउने विधि: अरु दिन हल्का फुल्का निद्रा लागेपनि छैठौं तीनदेखि दशौं दिनसम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो थाहानै हुदैन, जिउ दुखेर कोल्टे फर्किन नसक्ने हुन्छ, यो घडीमा निदाउनु ठुलो कुरा हो ।
सतही क्षेत्रफल बढी हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ त्यसैले कोल्टे फर्किएर सुत्नुपर्छ । साथै खुट्टा खुम्चाएर सुत्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सुत्ने, सकेसम्म चल्नुहुदैन अनि निद्रा लाग्छ ।
(घ) फलफुल खाना हुन्छ ? फलफूलले शरीरलाई शक्ति दिएपनि घाँटिलाई भने निकै असर गर्दो रेहेछ, जुन दिन फलफुल खाएर सुतिन्छ नि त्यो दिन खोकी लाग्दो रहेछ, खोकिको असरले छातीमा समस्या हुने गर्छ, त्यसैले चिसो चिज खानु हुदैन, फलफुल उसिनेर खाँदा जाति हुने रहेछ ।
(ङ) खाना मिठो हुन्छ ? उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुदैन, भात त देख्न पनि मन लाग्दैन, यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो भएकाले बढी जिउ तताउने खाना खानु हुदैन । मिठो नभए पनि पानीले पेलेर भएपनि पेटसम्म खाना पुर्याउनुपर्छ ।
(च) योग गर्न सकिन्छ ? लागेको तीन दिनदेखि एघारा दिनसम्म योग गर्न मैले सकिन, अरु दिन सकेसम्म गरियो । यदि सधै सक्नुहुन्छ भने सुनमा सुगन्ध ।
(छ) पानी कति खाने ? मैले एक पटक ट्वाइलेट गएपछि एक गिलास तातो पानि नियमित रुपमा खांदै आएको छु, र सबै भन्दा खान सजिलो पानी हो, शरीरमा पानी भएपछी खुसि महशुस हुदो रहेछ ।
कोरोना लागेपछि छविले लेखे यसबाट ब’च्ने उपायहरुबारे पढ्नैपर्ने स्टाटस्