जब प्रहरीले आफूले बोकेको लट्ठी युवतीको तिघ्रामा हा’न्न थालेपछि के भयो?

पछिल्लो समय अनौठा घटनाहरु सामाजिक सञ्जालका कारण सार्वजनिक भै रहेका छन् । जिम्मेवार पदमा बसेका ब्यक्तिले गरेको पदीय दुरुपयोगका तस्वीर र भिडियो क्लिपहरु पनि सार्वजनिक हुन थालेका छन् । आम नागरीकमा क्यामेरा सहितको मोवाइल फोन र सामाजिक सञ्जालमा पुगेको पहुँचले यो सम्भव भएको हो । यस्तै एक घटना सार्वजनिक भएको छ, जसमा एक नेपाल प्रहरीको पोशाक लगाएका एक ब्यक्ति एक युवतीमाथि लट्ठीले हा’न्छन्।
उक्त युवतीले प्रहरीलाई तपाईलाई सरकारले कु ट्ने अधिकार दिएको छ भन्दा, ‘के गर्छौ मेरो जागिर खाई दिन्छौ?’ भन्दै रिसाएको उक्त भिडियोमा आवाज सुन्न सकित्छ । अहिले उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण घिमिरेले उक्त भिडियो क्लिप राख्दै ट्वीटरमा लेखेका छन्, ‘नेपाल प्रहरीले त सार्वजनिक ठाउँमा मान्छे कु टे को भिडियो मात्रै सार्वजनिक हुन्छ त, गल्ती भए पक्राउ गरेर लगे हुन्न र ? यस्तो शैलीले प्रहरी प्रतिको सम्मान बढ्ला र ? मिल्छ भने प्राचीन प्रचलन छाड्नुस् ।’