बदलिँदो माैसम १२ बर्ष यताकै चिसो मे महिना

नयाँदिल्ली: हल्का वर्षा र चिसो हावाले गर्दा यस वर्षको मे महिना भारतको राजधानी नयाँदिल्ली सहरलाई पहिले झैँ गर्मी हुन दिएन ।

दिल्लीस्थित भारतको मौसम विभागका वरिष्ठ मौसम वैज्ञानिक कुलदीप श्रीवास्तवका अनुसार यस वर्षको मे महिना २००८ देखि यताकै सबैभन्दा चिसो रह्‍यो ।

उनका अनुसार यस्तो हुनुका पछाडि दुई वटा मुख्य कारण थिए । “यसका लागि दुई मुख्य कारण थिए । ती हुन् पश्चिमी वायु र चक्रवात । जसले दिल्लीको मौसम प्रभाव बनाए ।,” श्रीवास्तवले भने ।

सोमबार दिल्लीको न्युनतम तापक्रम २५ डिग्री सेल्सियस थियो । जुन सामान्य भन्दा तीन अंक तल हो । यहाँको मौसममा अचानक बदलाव आएपछि सप्ताहन्तमा रेकर्ड गरिएको थियो ।

पछिल्लो केही दिनयता नै दिल्ली र छिमेकी क्षेत्रहरुमा हल्का वर्षा र चिसो हावाको वहाव भइरह्यो । र यी क्षेत्रमा यस्तै स्थिर मौसम जुन २ सम्म रहने अपेक्षा गरिएको छ । मौसम विभागका अनुसार यस क्षेत्रमा दिनको तापक्रम ३७ देखि ३८ डिग्री सेल्सियस रहनसक्छ ।

पश्चिम राजस्थान, दक्षिण पन्जाब, दक्षिण हरियाणा र राजस्थानको पूर्वी भाग र विदर्भ क्षेत्रमा केही गर्मी बढ्यो । यस वर्ष दिल्लीको सबैभन्दा बढी तापक्रम मे ४ मा ४१ दशमलब ६ डिग्री सेल्सियस भयो । जुन २००९ पछी सबैभन्दा कम हो ।

भारतमा यस वर्ष सामान्य मनसुन सिजनको अपेक्षा समेत गरिएको छ । उत्तरी र पश्चिमी राज्यहरुमा दक्षिण-पश्चिम मनसुन सामान्य रुपमा हुने अनुमान गरिएको छ । यस्तै मध्य भारतमा सामान्य भन्दा माथि र देशको पूर्वी तथा उत्तरपूर्वी क्षेत्रमा सामान्य भन्दा कम मनसुन हुने मौसम विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button