गस्तीमा हिडेका पुलिसले आफै रक्सि चाेरेपछि।

सिरहा । सिरहाको लहान बजारमा गस्ती हिँडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि नेपाल प्रहरीका असईसहित तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)नबल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार निलम्बनमा परेकाहरूमाथि गस्तीको क्रममा मदिरा पसलबाट मदिरा चोरी गरेर लगेको आरोप पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरिएको हो । गत जेठ ९ गते राति १० बजे लहान नगरपालिका–२३ गढीया चोकमा रहेको एसके मदिरा पसलबाट मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए ।

पसल सञ्चालक भागेपछि कोही नभएको अवस्थामा पसलबाट ती प्रहरीहरूले केही थान बोड्का रक्सी लिएर गएका थिए । प्रहरीले मदिरा चोरेको भिडियो सीसी टीभी क्यामेरामा कैद भएको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरस बनेपछि प्रहरीको आलोचना हुँदा उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button