नेपालले विश्व कप छनोट खेल चीन, अष्ट्रेलिया र जोर्डन संग खेल्दै।

कुवेतमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुवेतमा तीन खेल खेल्नेछ । जसमा जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

जसको प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता भएको छ । जसमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यसको बजार व्यवस्थापनको जिम्मा ए.डी. रिलिजले गर्नेछ ।

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने प्रतियोगिता कोभिडका कारण तथस्टमैदानमा खेल्न लागेको हो । एसियन फुटबल महासंघले समूह ‘बी’ का सबै खेल कुवेतमा गराउने निर्णय अनुसार नेपालले कुवेतमा दोस्रो चरणका खेल खेल्न लागेको हो । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार राति पौने १० बाट हुनेछन् ।

प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चार हार र एक जित निकालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button