जसपा बाट निस्कासित ठाकुर, महतो र त्रिपाठीले नयाँ दल खोल्दै।

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।

स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन् । उनीहरुबीच पुरानो पार्टी जसपा ब्युँताउने बारे कुराकानी भएको खबर आजको राजधानी दैनिकमा समाचार छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button