गोरखाको बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ ।

गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ ।

“सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउनका लागि अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्न्भयो, “अस्पतालमा चिकित्सक, स्टाफ नर्स तथा हेल्थ असिस्टेन्टसहितको स्वास्थ्यकर्मीको टोली रहने गरी अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।”

बारपाकमा एकै ठाउँमा कोरोना सङ्क्रमण दर उच्च भएकाले पनि त्यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोभिड अस्पताल निर्माण नगरी नहुने अवस्था भएकाले गृहकार्य शुरु गरिएको अध्यक्ष भट्टको भनाइ छ ।

अस्थायी कोभिड अस्पताल निर्माणका लागि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको र केन्द्रले पनि केही जनशक्तिको उपलब्ध गराइसकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button