प्रहरी बाटै डाक्टर कुटिए।

कोसी अस्पततालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको छ । अस्पतालका सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो ।

अस्पतालमा काम सकेर मंगलबार राति ९ बजे घर जाँदै गरेको अवस्थामा विराटनगरको देवकोटा चोकमा खटिएका प्रहरी टोली कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताए । ‘अस्पतालमा ड्युटी सकेपछि मोटरसाइकलमा घर जाने क्रममा देवकोटा चोकमा प्रहरीले रोक भन्यो । गाडी रोक्ने बित्तिकै दुई जना प्रहरीले भाटाले कुटपिट गर्न थाल्नुभयो,’ राजवंशीले भने, ‘म स्वास्थ्यकर्मी हुँ, अस्पतालमा ड्युटी सकेपछि घर जाँदैछु भनिरहँदा पनि कुटपिट गरिरहे । ’

प्रहरीको कुटाइबाट राजवंशीको खुट्टा, घुँडालगायत शरीरको विभिन्न भागमा चोट लागेको मेडिकल सुपरिडेन्टेन्ट दासले बताए ।

‘जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्कासँग छलफल भएर दोषी प्रहरीलाई कारबाही गर्ने सहमति भएको छ,’ मेसु दासले भने, ‘पीडित स्वास्थ्यकर्मीले जाहेरी दिएपछि दुवै जना प्रहरीलाई कारबाही गर्ने सहमति भएकोले जाहेरी दिने तयारी भइरहेको छ ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button