पार्टीले कारबाही गरेको व्यक्तिले बोलाएको बैठकमा नजानु: एमाले

सत्तारूढ नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक नबोलाएको स्पष्ट पारेको छ।  एमालेका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङ्गले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गर्दै निन्दा र भर्त्सना गरेको जनाएका छन्। तामाङले पार्टी केन्द्रीय कमिटीका सदस्यलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन आह्वान गरेका छन्।

‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानीक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु।’ वक्तव्यमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु।’

एमालेबाट निस्काशित भइसकेका माधवकुमार नेपालले बिहीबार एमालेको नामबाट केन्द्रिय कमिटीको बैठक बोलाएका छन्। माधव समूहले बोलाएको बैठकलाई एमालेले अनधिकृत रहेको जानकारी दिएको हो। विभाजनको डिलमा पुगेपछि एमालेको आपसी विवाद मिलाउन दोस्रो तहका नेता अनौपचारिक रुपमा सक्रिय भएका छन्। केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुरेन्द्र पाण्डे, भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर एकताको गृहकार्य भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button