एमाले बिसर्जन गरी नयाँ दल खोल्ने माधव नेपाल पक्षधर १७ जनसंगठनका प्रतिनिधिको चेतावनी

काठमाडौं, २० जेठ । नेकपा एमालेका माधव नेपाल पक्षधर १७ जनवर्गीय संगठनका प्रतिनिधिले पार्टी बिसर्जन गरी नयाँ खोल्ने चेतावनी दिएका छन् । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी २ जेठ २०७५ को अवस्थामा पार्टीको संरचना र संगठनलाई नल्याए पार्टी बिसर्जनको बाटोमा जाने चेतावनी दिएका हुन् ।

 

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, युवा संघ, प्रेस चौतारीलगायत १७ जनवर्गीय संगठनका प्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस् । यदि त्यसो नगरिए पार्टी बिसर्जनको बाटोमा जान सक्छ ।’

 

पार्टी र आन्दोलनको रक्षाका निम्ति पार्टीलाई नयाँ शिराबाट एकतावद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्ने समेत उल्लेख छ ।

१. अखिल नेपाल किसान महासंघ – बलराम बाँस्कोटा

२. अखिल नेपाल महिला संघ – जयन्ती राई

३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन – सुदेश पराजुली

४. नेपाल उत्पीडित जातीय मुक्ति समाज – गणेश बि.क

५. युवा संघ, नेपाल – नरेशकुमार शाही

६. नेपाल खेलकुद महासंघ – पुरुषोत्तम पौडेल

७. नेपाल मुस्लिम इत्तेहाद संगठन – ताज मोहम्मद मिया

८. नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) – बिष्णु लम्साल, दिपक पौडेल

९. नेपाल भूमिहीन सुकुम्वासी संगठन – रामपृत पासवान

१०. नेपाल राष्ट्रिय उद्योग व्यावसाय महासंघ – लक्ष्मीदास मानन्धर

११. नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ – परशुमेघी गुरुङ

१२. पेसागत महासंघ, नेपाल – विश्वनाथ प्याकुरेल

१३. नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन – मिठाराम के.सी

१४. प्रेस चौतारी नेपाल – विश्वमणी सुवेदी

१५. राष्ट्रिय जनसांस्कृतिक महासंघ – कृपाराम धमला

१६. मानव अधिकार एलायन्स – उषा पोखरेल

१७. लोकतान्त्रिक मधेसी संगठन –

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button