चार दिनको फरकमा एकै घरका दाजु-भाइको मृ’त्यु !

उदयपुर : को’रोना भाइर’स संक्रम’णबाट उदयपुरमा एकै घरका दुई दाजुभाइको चार दिनको फरकमा ज्या’न गएको छ । रौ’तामाई गाउँपालिका–७ मुर्कुचीका ५० वर्षीय पुस्कल
मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्रा’ङ्गी मगरको चार दिनको फरकमा ज्यान गएको हो । पुस्कल परिवारका जेठो छोरा हुन् भने तुलबहादुर साइलो हुन् ।श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण
अस्पताल र तु’लबहादुरलाई विराट मेडिकल कलेजमा उप’चार भएको थियो । उप’चारकै क्रममा १५ गते राति तुलबहादुरको ज्या’न गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
उनको श’व १६ गते गाउँमै ल्याएर व्यवस्थापन गरिएको थियो ।परिवारको सदस्यको मृ’त्युपछि का’जकि’रिया सुरु भएको तेस्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल
अस्पतालमा मृ’त्यु भएको सुवेदीले जानकारी दिए । स्थायी घर रौ’तामाई–७ मु’र्कची भएर त्रि’युगा नगरपालिका–११ गाईघा’टमा बस्दै आएका तुलबहादुरको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मु’र्कुची बस्दै आएका पुस्कलका श्रीमती,
एक छोरा र तीन छोरी छन् । दुई साता अघि एकै पटक घरका तीन दाजुभाइमा को’रोना देखिएपछि उनीहरु मदन भण्डारी आँखा अस्पताल गाइघा’टको आइ’सोलेसन वार्डमा उप’चार गर्दै थिए ।
उप’चारका क्रममा पुस्कल र तुलबहादुरको अवस्था ग’म्भीर बन्दै श्वास’प्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो । योसँगै उदयपुरमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३५ पुगेको छ ।