अचानक नायिका स्वतिमालाई के भयो? ९८४१०१७७६४ ईसेवा आईडी सार्वजनिक गर्दै, रकम पठाउन अनुरोध गरिन्।

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै समस्यमा परेका चलचित्र प्राविधिकहरुका लागि सहयोगको अपील गरेकी हुन् ।
अभिनेत्री स्वस्तिमाले कोरोनाको विषम परिस्थितिमा पनि सरकारको प्राथमिकता चलचित्र उद्योग नपरेको उल्लेख गर्दै चलचित्र निर्माण ठप्प भएको बताएकी छन् ।
चलचित्र निर्माण ठप्प हुँदा सबै भन्दा बढी प्राविधिकहरुलाई समस्या भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘प्राविधिकहरुलाई छाक टार्नसमेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु ।’
सबै प्राविधिकहरुलाई समस्या नभएपनि स्पट ब्वायहरु बढी समस्यामा रहेको उल्लेख गर्दै स्वस्तिमाले सबैले सकेको रकम सहयोग गर्दा पनि ठूलो हुने बताएकी छन् । स्वस्तिमाले प्राविधिकहरुलाई सहयोग गर्नका लागि ९८४१०१७७६४ नम्बरको ईसेवा आईडीमा रकम पठाउन सकिने जनाएकी छन् ।