समाजमा अपराधको कडी “फेक आईडी” पनि एक हो।

विराटनगर । सामाजिक सञ्जाल सरकार, सार्वजनिक संघसंस्था र सार्वजनिक पद धारण गरेकाहरुको गलत कदमविरुद्ध खबरदारी गर्ने सशक्त माध्यम बन्दै आएको छ । त्यसमाथि समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध पनि सञ्जालको सतर्कता सकारात्मक सन्देश बन्न थालेको छ ।

अहिले समाजका हरेक क्षेत्रका व्यक्तिहरु कुनै नै कुनैरुपमा सामाजिक सञ्जालमा जोडिएका छन् र सञ्जालमार्फत प्रवाह भएको सन्देशप्रति गम्भीर समेत बन्दै आएका छन् । तर समाजमा सकारात्मक सोंच भएका व्यक्ति मात्र हुन्नन । यही कारण सामाजिक सञ्जालको दुरुपयोग बढ्दा समाजमा यस्ले नकारात्मक प्रभाव पनि बढाउन थालेको छ ।

व्यक्तिगत रिसइवी साँध्नदेखि लिएर कसैको चरित्र हत्या गर्ने र आपराधिक कार्यमा सामाजिक सञ्जालको दुरुपयोग बढ्न थालेपछि समाज सञ्जालप्रति नकारात्मक बन्न थालेको छ । एकातिर सञ्जालमा गलत मानसिकता र मनोवृति भएका व्यक्तिहरुको सक्रियता बढ्नु र अर्कोतर्फ यस्का नियामक निकायको कमजोरी एवं निष्क्रियताले सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक गतिविधि बढ्दै गएको छ ।

यही प्रवृतिका शिकार बनेका छन्, विराटनगरका दुई विद्यार्थी । साइबर क्राइम भनेर चिनिएका यस्ता हर्कत नरोकिदा धेरैको चयन र खुसी पनि खोसिन थालेको छ ।

अजय र निशाको हरायो निद्रा

विराटनगरका अजय र निशाको अहिले चैन हराएको छ । उनीहरु समाजमा निर्धक हिंडडुल गर्न समेत सकिरहेका छैनन् । नत कलेजको अध्ययनलाई समय दिन सकिरहेका छन् । जस्को कारण हो – सामाजिक सञ्जालमा उनीहरुको फेक आइडी बनाएर गरिएको चरित्र हत्या ।

विगत एक बर्षदेखि फेक आइडी बनाएर अजय शर्मालाई दुःख दिएको र निशा कामतलाई पनि दुई महिनादेखि उसकै नामको फेक आइडी बनाएर सामाजिक सञ्जालमा बद्नाम गराएको दुखेको उनीहरुको छ । दुवै जनाको नाम जोडेर बद्नाम गरिएकोले घर परिवारमा समेत नराम्रो असर परेको गुनासो उनीहरुको छ ।

समाजको फराकिलो चौघेरा साँघुरो बन्दै

अन्य साथीहरुसंग पनि जोडेर र आप्mनै परिवार भित्रका नातागोतासंग समेत जोडेर फेक आइडी मार्पmत बद्नाम गरेपछि उनीहरु दुबैका लागि घर परिवार र समाजको चौघेरा साघुँरो बन्न थालेको छ । जस्को कारण दुबै जनाको अध्ययनमा समस्या आइपरेको छ ।

पीडित दुबैले यसरी सामाजिक सञ्जालमा बद्नाम गर्ने जो होस कडा कारवाही गर्न माग गर्दै मोरङ प्रहरीमा उजुरी समेत दिएका छन् । फेक आइडी बनाउने मान्छे आफुहरुले नचिनेको र जति खोजी गर्दा समेत फेला पार्न नसकेको आफुहरु थप मानसिक तनावमा परेको दुखेसो पनि उनीहरुको छ ।

अध्ययनमा असर, जताततै बदनामी

एउटै कलेजमा पढ्ने अन्य साथीहरुलाई पनि जोडेर बद्नाम गरेको हुनाले कलेजका साथीहरु र शिक्षकहरुसंग पनि सम्बन्ध विग्रिएको गुनासो उनीहरुको छ । निषेधाज्ञाको समयमा कलेजबाट अनलाइन पढाइ हुने गरेको तर फेक आइडीको कारण अनलाइन कक्षाबाट पनि आफुहरु बञ्चित हुनुपर्दा चिन्ता दुबैमा छ ।

नियामक निकायको कमजोरी गलत मनोवृतिलाई अवसर

फेक आइडी बनाएर र सामाजिक सञ्जालको दुरुपयोग गरेर अर्काको चरित्र हत्या गर्ने प्रवृति विराटनगरमा बढ्दो छ । गत आर्थिक बर्ष भित्र मोरङ प्रहरीमा साइबर क्राइमका ४३ घटना दर्ता भएका थिए । र, अजय र निशाको उजुरीमाथि पनि छानविन भइरहेको मोरङ प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालमा देखिएको यही गलत मनोवृति नियन्त्रणमा आउन नसक्दा कोरोनाको कहालीमा पनि यस्को दुरुपयोग बढ्दो छ । जस्का कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वरिष्ठ चिकित्सकहरुले संक्रमित भएर बस्दा सामाजिक सञ्जाल नहेर्न भनेर सुझाव नै दिएका छन् ।

सामाजिक सञ्जालमा देखिएको गलत र नकारात्मक प्रयोगले समाजका धेरै व्यक्तिलाई विक्षिप्त मात्र बनाएको छैन । असाध्यै अप्रिय कदम चाल्न पनि विवश बनाउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button