राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, अरु मन्त्रालयको बाँडफाँट यस्तो छ

जेठ २१, काठमाण्डौ । जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी ओलीबीच मन्त्रीमण्डल विस्तारमा सहमति जुटेको छ । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने निश्चित भएको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् भने उर्जामन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा र भूमिसुधार मन्त्री लक्ष्मणलाल कर्ण बन्ने भएका हुन् ।
त्यसैगरी विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया वन, चन्दा चौधरी महिला, एकवाल मिया युवा तथा खेलकूद र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री बन्ने भएका हुन् । उनीहरुलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने तयारी भइरहेको छ ।