युवतीलाई प्रेमपत्र दिएको आरोपमा दलित युवकमाथि सार्वजनिक स्थलमा कुटपिट

रौतहट । शुक्रबार सामाजिक संजालमा एउटा भिडियो भाइरल‌ भयो । जसमा एकजना प्रौढ मानिसले एकजना युवकलाई पाइपनै पाइपले जथाभावी पिटिरहेका छन् । ती युवकले हात जोड्दै ती पिट्ने मानिससंग क्षमा याचना गरिरहेका छन् । तर ती पिट्ने मानिसले पिट्न छाडेका छैनन् । कुटपिट स्थल वरपर धेरै मानिसहरू छन् तर कसैले ती युवकको मद्दत गरेका छैनन् । सबै रमिते बनेर हेरिरहेका छन् ।

घटना हो रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ को । सो गाउँपालिकामाका १८ वर्षीय युवक विकास पासवानलाई निर्घात कुटपिट गरिएको हो । प्रहरीका अनुसार उनले एक युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि सो समुहले निर्घात कुटपिट गरिएको हो । उनलाई सो समुहले हात बाँधेर कुटपिट गरेको थियोकक्षा ११ मा पढ्ने युवक पासवानलाई केही व्यक्तिले बाँधेर कुटपिट गरेको आरोपमा रौतहट प्रहरीले मुख्य आरोपी ५० वर्षका राजदेव गिरी लगायत अरु २ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहका अनुसार पीडित पक्षको तर्फबाट हालसम्म कुनै जाहेरी नआएको जनाउँदै जाहेरी आएपछि सोही अनुसार थप कारवाही अगाडि बढाउने प्रहरीले तयारी गरेको छ । ‘हामीले छानविनको आधारमा तीनजनालाई पक्राउ गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अब पीडित पक्षको जाहेरी आधारमा थप अनुसन्धान र कारवाही अगाडि बढाउँछौ । दोषीलाई कुनै पनि बाहनामा छुट हुदैन् ।’

यता कुट्ने पक्षले भने केटी जिस्काएका र प्रेम पत्र लेखेकाले सो युवकलाई सुधार्नका लागि सामान्य कुटपिट गरेको कुटपिट दावी गरेको छ भने पीडित युवक पक्षले भने केटी नजिस्काएको, प्रेमपत्र नलेखेको दलित भएकै आधारमा आफू कुटिएको आरोप लगाएका छन्

सो वार्डका वडाध्यक्ष धर्मनाथ चौधरीका अनुसार उनलाई पीडक पक्षले दिएको जानकारीअनुसार ती युवकले तिनीहरूको घरकी एक युवतीलाई पटक पटक प्रेमपत्र दिएपछि छलफलको लागि गाउँ भेला बोलाइएको थियो ‌ सोही भेलामा ती युवकलाई सम्झाउने क्रममा कुटपिट भएको हो । ‘भेलामा ती युवालाई आरोप स्विकार्न भनिएको रहेछ’ उनले भने, ‘तर ती युवकले आफुले गरेको भ‌ए प्रमाण देखाउन भनेका रहेछन् । तर कुट्ने पक्षले प्रेमपत्र युवतीले च्यातेर फ्यालेकाले देखाउन सकेका रहेछन्।’ उनले आफु सो गाउँ बाहिर रहेको र भोलि सो गाउँमा पुगेपछि थप जानकारी दिने बताए

सो भिडियो सामाजिक संजालमा भाइरल अधिकारकर्मी, राजनीतिकर्मी तथा स्थानीयले कुटपिट गर्ने व्यक्ति माथि कडा कारवाहीको माग गरेका छन् । । ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button