पिच गरेकाे ३ महिनामै उप्कियाे।

तनहुँमा सडक पिच भएको ३ महिनामै झार उम्रेर काट्न मिल्ने भएको छ । पृथ्वीराजमार्ग सँग जोडिएको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ भुरूङ्गेमा मिलडाँडा तर्फ जाने २ किलोमिटर बाटो ३ महिना अगमडी मात्रै पिच भएको थियो ।
वडा कार्यालयको ७ लाख बजेट तथा स्थानीयको साझेदारीमा निर्माण भएको पिचमा यसरी घाँस पलाउन थालेको छ । पिच गरिएको सडकमा घाँस मात्र पलाएको होईन पिच पनि हातले उप्किएन्छ ।
यसरी पिच गरेको तीन महिनामै घाँस पलाएपछि स्थानीयले गुणस्तरीयताको सम्बन्धमा प्रश्न उठाएका छन् । प्राविधिकले राम्रोसँग नहेर्दा र ठेकदारलाइ उचित निर्देशन नदिँदा यस्तो भएको स्थानीयको भनाई छ ।
मिलडाँडा तर्फ जाने सडकको दायाँबाँया खाली रहेको ठाँउमा वडाले उपभोक्ता समिति मार्फत काम गरेको थियो । पिच गरेको सडकमा तीन महिनामै झार पलाउन थालेपछि उपभोक्ता समिति नै अचच्मित भएका छन् ।
यस विषयमा प्राविधिक कुरा आफुलाई थाहा नभएको निर्माण उपभोक्ता समितिका अध्यक्ष देवलाल खनाल बताउन्छन् ।
यस विषयमा वडा अध्यक्ष दीर्घबहादुर थापा सँग बुझदाँ वडाले बजेट मात्र विनियोजन गर्ने तर अनुगमन चाँहि नगरपालिकाले गर्ने भन्दै पन्छिए ।