सपथमा के भनेका थिए, राजेन्द्र महाेतले।

हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।
यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।
बहुराष्ट्रिय राज्यको अर्थ ?
बहुराष्ट्र भन्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना हुन्छ। शुक्रबार सपथ ग्रहणका क्रममा यहीँ शब्द महतोले उच्चारण गरेका छन् ।