पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना नयाँ कोरोना संक्रमित ६८ काे मृत्यु ।

पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप कोरोना संक्रमितसँगै ६८ जनाको निधन भएको छ ।
मन्त्रालयका अनुसार एन्टीजेनतर्फ १ हजार ५ सय २ र पीसीआरतर्फ ३ हजार ५ सय ४० गरी शनिबार कूल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ७१ आरटी–पीसीआर विधिबाट र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कूल संख्या ५ लाख ८५ हजार १ सय पीसीआरतर्फ र १ लाख ३१ हजार ४ एन्टिजेनतर्फ पुगेको छ ।
हालसम्म कोरोनाबाट निको हुनेको कूल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ७ हजार ७ सय ९९ रहेको छ ।