जसपा फुटकाे संघारमा:राजेन्द्र महताे ओली सरकारमा सहभागी भएपछि।

संघीय सरकारमा जसपाको एक समूह ओली सरकारमा सहभागी भएसंगै प्रदेश नम्बर २ मा जसपा भित्र समेत प्रदेश सरकार परिवर्तनका लागि लविंग थालेका छन् ।
सरकार परिवर्तन भयो भने मुख्यमन्त्री समेत परिवर्तन हुने भएकाले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा समेत सत्तासमिकरण बनाउने खेल जसपा भित्रको उपेन्द्र पक्षबाट भईरहेको स्रोतको भनाई छ ।
यदी मुख्यमन्त्री परिवर्तन भयो भने जसपाबाट अहिलेको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई अघि सार्ने स्रोतको दावी छ ।