२ रुपैयाँले बढ्यो इन्धनको मुल्य।

इन्धनको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले पुनः डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

२ जेठमा इन्धनको मूल्य वृद्धि गरेको निगमले पुनः इन्धनको मूल्य बृद्धि गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button