जग्गा भारतमा, राजस्व बर्दियाको मालपोतमा।

नेपाल र भारतबीचको सीमा व्यवस्थित हुन नसक्दा धेरै नेपाली भूमिमाथि अझै पनि भारतीयहरुले भोगचलन गरिरहेका छन् । बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित थपुवा गाउँको १२ विगाह जग्गा भारतीय नापी विभागले आफ्नो सीमाभित्र रहेको दावी गर्दै आएपनि नेपाली नागरिकहरुले जग्गाको राजश्व मालपोत कार्यालय बर्दियामा बुझाइरहेका छन् ।

आफ्नो जमिनमा खेतिपाती गर्न जाँदा नेपाली नागरिकहरुले मारिनु पर्नेसम्मको ज्यादति सहदै आएका छन् । पीडा यतिमा मात्र सीमित छैन, सीमा क्षेत्रको दशजगा र नेपाली भूमि भित्रै लुटिने र पिटिनेसम्मको ज्यादति नेपाली नागरिकले भोग्दै आएका छन् ।

भारतीय नापी विभागले दुई दशक पहिला गुलरियाको थपुवा गाउँको १२ बिगाहा भन्दा बढी जमिन भारतमा रहेको देखाएपनि अहिले पनि नेपालीले राजस्व बुझाइरहेका छन् । भारतमा पािरएको त्यो जमिन अहिले सम्म फिर्ता हुन सकेको छैन ।

खेतिपाती गर्न नपाएपनि राजश्व बुझाइहेको त्यो जमिनबारे राज्यले अहिलेसम्म कुनै चासो देखाउन सकेको छैन । बर्दिया जिल्लाको ८३ किलोमिटर खुला सीमाना भारतसंग जोडिएको छ । तर विवाद ज्यादतिको विषय खुला सीमाको दुरी भन्दा धेरै बढी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button