सेनापति थापाले भनेः साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु

काठमाडौं, २३ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापाले अबको दुई महिनापछि नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् । उनले आज आफ्नो कार्यकालको एक हजार वर्ष पुगेको अवसरमा मिडियासँग अन्र्तक्रिया गर्दै सेनाको नेतृत्व हस्तान्तरणको परम्परालाई अझ विशेष बनाउने भन्दै नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारेका हुन्
सेनापति थापाको कार्यकाल अझै केही समय थप्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको विषय बाहिर आइरहँदा उनले आज यसबारे स्पष्ट पारेका हुन् । सेनापति थापाले भने, साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु, बाँकी २ महिना आफ्नो कर्तव्य पालनामा कटिवद्ध भएर लाग्नेछु ।
नेपाली सेनाको भावी सेनापतिमा रथी शिवराम शर्मा रहेका छन् । सेनापति थापापछिको वरियतामा उनी रहेका छन् ।
सेनापति थापाले नेपाली सेना संवैधानिक दायित्व आवश्यकताका आधारमा कार्यान्वयन गर्न कटिवद्ध रहेको बताए ।