गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्चको आदेश।

गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सांसदबाट बर्खास्त गर्ने पार्टीको निर्णय खारेजीको माग गर्दै सांसद थापाले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।
राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालय, राष्ट्रिय जनमोर्चा प्रदेश संसदीय दलको कार्यालय, प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश सभाका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर थापाले शुक्रबार रिट दायर गरेका थिए ।
आइतबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले थापालाई सांसद पदमा पुनर्बहाली गर्न आदेश दिएको हो ।